काठमाडौं– नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पनि एमाले सहमतिको स्वागत गर्नुभएको छ ।
‘नेकपा (एमाले)मा लामो समयदेखि देखा परेको समस्याको समाधानका लागि गठित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि १० बुँदे सहमति तयार गरेकोमा कार्यदलका साथीहरूलाई धन्यवाद,’ पोखरेलको संक्षिप्त प्रतिक्रिया छ, ‘नेकपा (एमाले)को आन्तरिक जीवनमा यो अत्यन्तै सुखद छ । अब हामीले पार्टी र संगठनलाई मजबुत बनाउँदै पार्टीलाई नयाँ शिराबाट उठाउन जरूरी छ ।’
पोखरेलले नेकपा (एमाले) एकतावद्ध रूपमा देश र जनताको समस्या समाधान गर्न केन्द्रित रहने पनि उल्लेख गर्नुभएको छ ।







प्रतिक्रिया