अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१० बुँदे सहमतिप्रति माधव नेपालको समर्थन

१० बुँदे सहमतिप्रति माधव नेपालको समर्थन


काठमाडौं -नेकपा एमालेको विवाद समाधान कार्यदलले जारी गरेको १० बुँदे सहमतिलाई नेता माधव कुमार नेपालले पनि समर्थन गर्नुभएको छ ।
नेता नेपालले सहमतिका बारेमा अहिले बिहान फेसबुक पेजमा स्टाटस लेख्दै कार्यदलले गरेको सहमतिको अपव्याख्या नगर्न आग्रह गर्नुभएको छ । खासगरी अदालतमा बिचाराधिन मुद्धाका बारेमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गरेको टिप्पणीप्रति उहाँले असन्तुष्टी जनाउनुभएको छ । अन्य बिषयमा नेता नेपालले मौन समर्थन गर्नुभएको छ । थापाले राती नै सामाजिक सञ्जालमा शेरबहादुर देउवाका पक्षमा १सय४६ जना साँसदको हस्ताक्षर भएकोमा एमालेका २३ जना घटाउदा अब १ सय २३ जना मात्र बाँकी रहेको उल्लेख गर्नुभएको थियो ।
‘हिजो राती नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ ’ नेता नेपालले लेख्नुभएको छ ।
अन्य नौ वटा बुँदाका सम्बन्धमा नेता नेपाल मौन रहनुभएकोले उहाँको समर्थन रहेको भन्ने स्पष्ट भएको छ । आज साँझ बस्ने एमाले स्थायी कमिटीको बैठकमा नेपाल सहित एमालेको सबै स्थायी कमिटी सदस्यहरु सहभागी हुने जनाइएको छ ।