काठमाडौं -नेकपा एमालेको आन्तरिक एकताका लागि तय गरेको १० बुँदे सहमति अनुमोदन गराउन स्थायी कमिटीको बैठक आज बिहान आयोजना गरिने भएको छ ।
हिजो बस्ने भनिएको बैठक आज साँझ बस्ने भनिएको पनि बिहान साढे १०बजेका लागि बस्ने तयारी भइरहेको एकनेताले बताउनुभएको छ ।
स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङका अनुसार बिहान साढे १० बजे बैठक राखेर सहमतिको अनुमोदन गरौं भनेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ । ‘हामी कार्यदलका केही सदस्यले राती नै प्रधानमन्त्रीलाई भेटेर स्थायी कमिटी बैठक बिहानै राखौं भनेका छौं’ नेम्वाङले नेपाली बहस डट कमसँग भन्नुभयो ‘कार्यदलको सहमतिलाई पार्टीले अनुमोदन गरेपछि त्यसले वृहत्त अर्थ राख्छ । त्यसैले बैठक बिहानै बोलाउनुहोस भनिएको हो । ’
स्थायी कमिटी सदस्यहरुलाई आज साँझ पाँच बजे बैठकमा आउन निमन्त्रणा गरिए पनि पार्टी भित्र विकसित घटनाक्रमले गर्दा बिहानै बैठक डाक्न लागिएको हो । बैठकको समय र एजेण्डा तय गर्न महसचिब नेपाल बिहानै बालुवाटार जानुभएको छ ।







प्रतिक्रिया