काठमाडौं– प्रतिनिधि सभा विघटनविरुद्धको रिटको फैसला आज आउँदैछ ।
विघटनविरुद्ध परेका रिटमाथिको बहस एक साताअघि नै सकिएको थियो ।
एमिकस क्युरीको राय सुनिसकेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मुद्दा हेर्दाहेर्दैमा राखेर असार २८ गतेका लागि पेशी तोक्नुभएको थियो । जेठ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।







प्रतिक्रिया