अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा युवतीको शव भेटियो, हत्याको आशंका

झापामा युवतीको शव भेटियो, हत्याको आशंका


झापा– झापाको बिर्तामोडमा सोमबार बिहान एक जना युवती मृत फेला परेकी छन् ।

बिर्तामोड(५ मा २५ वर्षीया सिर्जना बस्नेतको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बस्नेतको हत्या आशंका गरिएको छ ।

बस्नेतको शव अर्धनग्न अवस्थामा भेटिएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।