अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उच्च अदालत इलामकी महिला कर्मचारी मृत फेला

उच्च अदालत इलामकी महिला कर्मचारी मृत फेला


इलाममा- एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत बिमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् ।
पराजुली आज बिहान अदालत परिसरभित्र मृतवस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार सोलुखुम्बु घर भएकी पराजुली कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ ।

पराजुलीको ज्यान कसरी र के कारणले गयो भन्ने अझै पुष्टि हुन सकेको छैन । घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताउनुभयो । थप अनुसन्धानका लागि कुकुर मगाइएको उहाँले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।