अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्थायी कमिटी अगाडि नेपाल समूहको अलग्गै केन्द्रीय कमिटी बैठक बोलाइयो

स्थायी कमिटी अगाडि नेपाल समूहको अलग्गै केन्द्रीय कमिटी बैठक बोलाइयो


काठमाडौं- नेकपा एमालेको स्थायी कमिटी बस्नु अघि माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।

आइतबार भएको आन्तरिक सहमतिलाई थप प्रष्ट पार्न साझा धारणा बनाउन टिमको बैठक बस्न लागेको एक नेताले जानकारी दिनुभयो । सहमति लगत्तै नेपाल समूहमा यस विषयलाई लिएर असन्तुष्टि बढेको छ । आजको बैठकमा कार्यदलका सदस्यहरुले सहमतिका बुँदाहरुको व्याख्या गर्ने र त्यसलाई कार्यान्वयन गराउने प्रतिवद्धता व्यक्त गर्नेछन् । उक्त समूहमा विजय पौडेल, रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, राजेन्द्र राईहरु सहमतिको विरुद्धमा छन् ।

बैठक सकेर साँझ हुने स्थायी कमिटीमा नेता माधव नेपाललाई पनि साथै लिएर जाने नेताहरुको तयारी छ ।