काठमाडौं- प्रतिनिधि सभा विघटनसम्बन्धि फैसला सुनाउने सम्भावना रहेकाले सर्वोच्च अदालत परिसरमा कडा सुरक्षा बनाइएको छ ।
२१ गते सुनुवाइ सकिएपछि आजसम्मका लागि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । संवैधानिक इजलासमा रहेका सबै न्यायाधीश सर्वोच्च अदालत पुगिसकेका छन् ।
संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्। इजलासले फैसला सुनाउने तयारी गरेसँगै सर्वोच्चको सुरक्षा व्यवस्था कडा पारिएको छ।
गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपतिले दोश्रो पटक प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।
प्रतिक्रिया