अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सात दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन सर्वोच्चको आदेश

सात दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले पुनःस्थापित प्रतिनिधिसभाको बैठक एक साताभित्र बोलाउन आदेश जारी गरेको छ ।

सर्वोच्चले आज संसद् अधिवेशन साउन ३ गते ५ बजेभित्र बोलाउन आदेश जारी गरेको हो ।

‘प्रतिनिधिसभा पुनःस्थापना अधिवेशन ७ दिनभित्र अर्थात् २०७८ साउन ३ गते आइतबार अपराह्न ५ बजेभित्र प्रारम्भ हुने गरी तत्काल व्यवस्था मिलाउनु भनी परमादेश जारी हुने ठहर्छ,’ आदेशमा भनिएको छ, ‘केपी ओलीले ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा गरेको दाबी संविधानसम्मत देखिएन ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधामन्त्री बनाउन माग गर्दै दायर भएको रिटमाथि फैसला गर्दै सर्वोच्चले संसद् विघटन दोस्रोपटक पुनःस्थापना गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको हो ।