काठमाडौं- नेकपा एमालेका नेता एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले सर्वोच्च अदालतको फैसला विरुद्ध माइतीघर मण्डलामा विरोध प्रर्दशनमा जम्मा हुन आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालतले निर्दलीय व्यवस्था विजारोपण गरेको दिनको रुपमा आजको दिनलाई बझु्नुपर्ने बस्नेतले बताउनुभएको छ ।
‘तुरुन्त अहिले नै माइतिघर मण्डलामा जम्मा भएर सर्वोच्च अदालतको असंवैधानिक फैसलाकिवरुद्ध विरोध जनाउ । आजको दिन नेपालको इतिहासमा सर्वोच्च अदालत चुकेको दिन । निर्दलिय शोषण व्यवस्थाको पुनः बिजारोपन भएको दिन,’ नेता बस्नेतले फेसबुकमा लेख्नुभएको छ, ‘व्यवस्थापिका र कार्यपालिकाको अधिकार न्यायपालिकाको नाउमा सेटिङवाला केही न्याय मूर्तिका नामधारीहरूले हातमा लिएको क्षण । अब देश राजनैतिक द्वन्दमा प्रवेश गरेको छ। यो परमादेश कार्यान्वयन गर्ने अम्भव । युवा संघले यसको विरुद्ध तुरुन्तै माइतिघर मण्डलामा विरोध प्रदशन गर्दैछ । जो जहाँ छौं, सहभागी बनौ । देशभर विरोध प्रदशन गरौं।’







प्रतिक्रिया