अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसला सकारात्मक : माधव नेपाल

सर्वोच्चको फैसला सकारात्मक : माधव नेपाल


काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्चको निर्णय स्वागतयोग्य रहेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले प्रारम्भिक प्रतिक्रिया दिँदै फैसला स्वागतयोग्य भएको बताउनुभएको हो ।

‘झन्डै मृत्युशय्या‍मा पुगिसकेको संसदलाई दोस्रो पटक जोगाउने काम भयो । नेपालको इतिहासमा एउटै प्रधानमन्त्रीले पटकपटक प्रतिनिधिसभालाई विघटन गर्ने काम भइरहेको थियो,’ सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै नेपालले भन्नुभयो, ‘सर्वोच्च अदालतले सकारात्मक गरेको छ ।’