अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनायो : अग्नि खरेल

सर्वोच्चको फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनायो : अग्नि खरेल


काठमाडौं- संसद् पुनःस्थापित गर्ने सर्वोच्चको अदालतको निर्णयपछि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले आफ्नो प्रतिक्रिया दिनुभएको छ । उहाँले सर्वोच्चको पछिल्लो फैसलाले शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको प्रतिक्रिया दिनुभयो ।

‘यो फैसलाले संविधानले आत्मसात गरेको प्रणाली र शक्तिको विभाजन र सन्तुलनको सिद्धान्तलाई अर्थात शक्ति पृथकीकरणको सिद्धान्तलाई धुलिसात बनाएको छ,’ खरेलले सञ्चारकर्मीसँग भन्नुभयो ।

उहाँलेले संविधान एवं संवैधानिक नैतिकताको जामा पहिरिएर संसदीय शासन प्रणालीलाई ध्वस्त पार्ने ढंगले फैसला आएको टिप्पणीसमेत गर्नुभयो ।