अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको फैसलाविरुद्ध युवा संघको नेतृत्वमा विरोध प्रदर्शन

सर्वोच्चको फैसलाविरुद्ध युवा संघको नेतृत्वमा विरोध प्रदर्शन


काठमाडौं- सर्वोच्च अदालतको संसद् पुनःस्थापनाको फैसलाविरुद्ध सत्तारुढ दल नेकपा एमालेका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा माइतीघरमा अहिले विरोध प्रदर्शन जारी छ ।

युवा संघका कार्यकर्ताले ‘सबै फैसला मानिँदैन, खबरदार’ लेखिएको ब्यानरका साथ माइतीघरमा प्रर्दशन गरिरहेका छन् ।

सर्वोच्चले संसद् विघटन गर्ने सरकारको निर्णय उल्टाउनुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि एमाले आक्रोशित भएको छ ।

युवा नेता महेश बस्नेतले फेसबुकमार्फत् माइतीघर मण्डलामा जम्मा भएर सर्वोच्चको असंवैधानिक फैसलाप्रति विरोध जनाउन आह्वान गर्नुभएको छ ।