अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वोच्चको आदेशले संविधानको मूल संरचनालाई खलबल्याइदियो : प्रदीप ज्ञवाली

सर्वोच्चको आदेशले संविधानको मूल संरचनालाई खलबल्याइदियो : प्रदीप ज्ञवाली


काठमाडौं- सत्तारुढ नेकपा एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनर्स्थापना गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सर्वोच्च अदालतले आदेशले संविधानको मूल संरचनालाई नै खल्बल्याइदिएको बताउनुभएको छ ।

ज्ञवालीले अदालतको पछिल्लो निर्णयले कार्यपालिका, न्यायपालिका र विधायिकाबीचको शक्ति सन्तुलन र नियन्त्रणमा प्रश्न उठाएको बताउनुभयो ।

‘राज्यका तीन तहका संरचनाबीच जुन सन्तुलन हुनुपर्ने हो त्यसमाथि सर्वोच्च अदालतको फैसलाले गम्भीर प्रश्न उठाएको छ । यसबारे हामी पार्टीभित्र गम्भीरतापूर्वक छलफल गरेर आफ्नो धारणा सार्वजनिक गर्छौँ,’ ज्ञवालीले भन्नुभयो ।

उहाँले नेपालको संविधानले सरकार बन्ने निश्चित प्रक्रियाहरू निर्धारण गरेको भए पनि सर्वोच्च अदालतको आदेशले त्यससम्बन्धी व्यवस्थाहरूलाई उल्लङ्घन गरेको पनि उल्लेख गर्नुभयो ।

संविधानको धारा ७६ (५)अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नियुक्त गरेपछि त्यसलाई चुनौती दिँदै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सहितका १४६ जनाले सर्वोच्च अदालतमा दायर गरेको रिटमा सर्वोच्चले सोमबार आदेश दिएको हो ।