अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

साँझ पाँच बजे एमाले स्थायी कमिटीको बैठक,सर्वोच्चको फैसला बारे समिक्षा हुने

साँझ पाँच बजे एमाले स्थायी कमिटीको बैठक,सर्वोच्चको फैसला बारे समिक्षा हुने


काठमाडौं -नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ पाँच बजे बालुवाटारमा बस्ने भएको छ । बैठकमा सर्वोच्चको आजको फैसलाको बिषयमा समिक्षा हुने छ । यसैगरी आफ्नै पार्टीका साँसदहरुले काँग्रेसका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको बिषयमा व्यापक छलफल हुनेछ ।
संस्थापन पक्षका स्थायी समिती सदस्यहरुले माधव नेपाल समुहका नेताहरुले आफनै अध्यक्ष विरुद्ध गरेको हस्ताक्षरलाई कडा रुपमा उठाउने तयारी गरेका छन् । ‘उहाँहरु आज हँसमुख भएर पार्टीको स्थायी कमिटीको बैठकमा आउदै हुनुहुन्छ’ संस्थापन पक्षका एक नेताले भन्नुभयो ‘किनकि उहाँहरुको माग केपी ओलीले प्रधानमन्त्री पद छाड्नुपर्दछ भन्ने थियो । त्यो आज अदालतले पुरा गरिदिएको छ ।’
लामो समयको छलफलपछि पार्टीको आन्तरिक एकता सहमतिमा टुंगिएको भनेर एमाले नेता कार्यकर्ता उत्साहित भइरहेको बेला अदालतको आजको फैसलाले एमालेजनलाई निरुत्साहित बनाएको छ । आजको बैठकमा जाने तयारी गरेका माधव पक्षका नेताहरु पनि अदालतको फैसलापछि लज्जित भएका छन् ।