अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक : प्राकृतिक स्रोत आयोग र योगमाया विवि विधेयक प्रतिवेदन पेश

राष्ट्रियसभा बैठक : प्राकृतिक स्रोत आयोग र योगमाया विवि विधेयक प्रतिवेदन पेश


काठमाडौं- राष्ट्रियसभामा ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको दोस्रोे वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको हो ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति पर्शुराम मेघी गुरुङका तर्फबाट सदस्य देवेन्द्र दाहालले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन’ पनि सभासमक्ष पेश गर्नुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही असार २९ अपराह्न ३ बजे बस्नेछ ।