कैलाली- अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री प्रकाश चन्दलाई युवा प्रतिभा सम्मान प्रदान गरिएको छ । प्रदेश युवा परिषद्ले चन्दलाई सम्मान प्रदान गरेको हो ।
उहाँ २०५० सालदेखि खेल क्षेत्रमा आबद्ध हुनुहुन्छ । चन्दले करिब २ दर्जन बढी स्वर्ण पदक, एक दर्जन बढी रजत पदक र एक दर्जन बढी कांस्य पदक जितिसक्नुभएको छ ।
सन् २०१० र २०११ मा जर्मनीमा भएको वर्ल्ड कराँते च्याम्पियनसिप प्रतिस्पर्धा गरिक्नुभएका चन्द अहिले विभिन्न खेल, क्लब तथा सामाजिक क्षेत्रमासमेत क्रियाशिल हुनुहुन्छ ।
उहाँलाई मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकास मन्त्री लालबहादुर खड्का र सामाजिक विकास राज्य मन्त्री मना साउँदले नगदसहित दोसल्ला र कदर पत्र प्रदान गरेर सम्मान गर्नुभएको हो ।
प्रदेश युवा परिषद्ले सुदूरपश्चिम प्रदेशको प्रदेश युवा परिषद्ले ८ जना युवाहरूलाई सम्मान गरेको हो । चन्दसँगै शरीरका विभिन्न ७ अङ्गले लेख्नसक्ने मनोजकुमार चन्द, व्यवसायी मानसिंह साउँद, लागूपदार्थ तथा दुर्व्यसनीमा रहेका युवाहरूलाई पुनर्स्थापना गर्दै आएका कल्पिस कुँवर, पर्यटन व्यवसायी योगेन्द्र बम, आदर्श युवा क्लब, वन्यजन्तुको खोज र वातावरण संरक्षणमा केन्दीत धिरेन्द्र चन्द र विश्व कीर्तिमानी मुकेश जोशीलाई सम्मान गरिएको युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो ।
प्रतिक्रिया