अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज २३७० जनामा कोरोना पुष्टि, ११३३ जना निको भए

आज २३७० जनामा कोरोना पुष्टि, ११३३ जना निको भए


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर २ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ५ सय ८४ परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मुलुकभरमा ७६८९ जनाको पीसीआर परीक्षणबाट १६९० जनामा संक्रमण पुष्टि भएको छ भने ३८९५ जनाको एन्टिजेन परीक्षणबाट ६८० जनामा पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ११३३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा १८ संक्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।