काठमाडौं- नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाप्रति टिप्पणी गर्नुभएको छ ।
उहाँले सर्वोच्चको फैसलाबाट संसदीय अभ्यास र मर्ममाथि प्रहार भएको उल्लेख गर्नुभएको हो ।
‘लोकतान्त्रिक प्रणालीमा मुलुकलाई प्रधानमन्त्री दिने काम राजनीतिक दलहरूको प्रतिनिधित्व भएको संसदले गर्ने हो, राष्ट्रपति संस्थाले त्यसलाई औपचारिकता दिने हो । सर्वोच्च अदालतको आजको फैसलाबाट यही अभ्यास र मर्ममाथि प्रहार भएको छ,’ महासचिव पोखरेलले लेख्नुभएको छ, ‘लोकतन्त्रको महत्वपूर्ण पक्ष-नियन्त्रण र सन्तुलन अर्थात् शक्ति पृथकिकरण हो । त्यसैमाथि प्रहार भएको छ ! बहुदलीय व्यवस्थाको मर्म-संसदभित्रका कारवाहीमा संसदभित्रका सम्वन्धित राजनीतिक दलको ह्विप नलाग्ने आदेश गरेकोछ ! लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि यसलाई स्वीकार गर्न सक्तैन । यसका विरुद्धको बृहत जनअभिमत निर्माण गर्नु अबको प्रमुख काम हो ! ’






प्रतिक्रिया