काठमाडौं- विपक्षी गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र रघुजी पन्त सहभागी हुनुभएको छ ।
सर्वोच्च अदालतको फैसला आएलगत्तै वन पैदावार उद्योग व्यवसायी महासंघको कार्यालयमा जारी बैठकमा एमालेका दुई नेता मात्रै सहभागी हुनुभएको हो । नेपाल समूहका अन्य सिनियर नेताहरू बैठकमा हुनुहुन्न ।
एमाले स्थायी कमिटी बैठक पनि अहिले बालुवाटारमा बस्दैछ ।
विपक्षी गठबन्धनको बैठकमा भावी प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत नेताहरू सहभागी छन् ।






प्रतिक्रिया