अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसद्वारा बाढीपहिरो विपद् व्यवस्थापन समन्वय समिति गठन

कांग्रेसद्वारा बाढीपहिरो विपद् व्यवस्थापन समन्वय समिति गठन


काठमाडौं- नेपाली कांग्रेसले बाढी पहिरोका कारण पुर्‍याएको जनधनको क्षतिको तथ्याङ्क सङ्कलन तथा बाढी पहिरो पीडितलाई राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले गठन गरेको ‘बाढी पहिरो विपद् व्यवस्थापन समन्वय समिति’लाई आज पूर्णता दिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिको यही असार ४ गतेको बैठकको निर्णयानुसार पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतको संयोजकत्वमा गठित सो समितिमा पदाधिकारी र सदस्य मनोनयन गर्नुभएको हो ।

समितिको सह-संयोजकमा दिव्यमणि राजभण्डारी, सचिवमा किरण गिरी, कोषाध्यक्षमा कल्पना चौधरी तथा सदस्यमा भूमिबहादुर (विश्व) गुरुङ, रामबहादुर विष्ट, बहादुरसिंह थापा, राजीवबिक्रम शाह, तीर्थबहादुर लामा, ललितजंग शाही, देवराज चालिसे र नगिना यादव मनोनित हुनुभएको हो ।

त्यसैगरी समितिका संयोजक बस्नेतले आजै पार्टीका जनार्दन नेपाल, दीर्घबहादुर केसी (कुमार) र चेतनाथ खनाललाई आमन्त्रित सदस्यमा मनोनयन गर्नु भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।