अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाको नेतृत्वमा सरकार बनाउन साथ दिने गठबन्धनको निर्णय

देउवाको नेतृत्वमा सरकार बनाउन साथ दिने गठबन्धनको निर्णय


काठमाडौं- विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन साथ दिने निर्णय गरेको छ ।

आज साँझ कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार भोलि नै गठबन्धन सरकार बनाउने निर्णय गरेको हो ।

संसद पुनःस्थापना गरेको सर्वोच्च अदालतले भोलि साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको थियो ।

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईका अनुसार बैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।