अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनबाट अलग

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी गठबन्धनबाट अलग


काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल विपक्षी गठबन्धनबाट अलग हुनुभएको छ ।

सर्वोच्च अदालतले संसद पुनस्स्थापनाको फैसला सुनाएपछि ‘परिस्थिति फेरिएको’ भन्दै नेपाल पक्ष विपक्षी गठबन्धनबाट बाहिरिएको हो। सोमबार बसेको गठबन्धनको बैठकमा नेता नेपालले परिस्थिति फेरिएका कारण गठबन्धनमा बस्ने अवस्था नरहेको जानकारी गराउनुभएको थियो ।

नेपाल पक्ष दोस्रोपटक प्रतिनिधि सभा विघटन भएपछि विपक्षी गठबन्धनमा थियो ।