काठमाडौं– विश्वासको मत नलिएसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउने हुनुभएको छ ।
सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
सोमबार सर्वोच्च अदालतले आज साँझ पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो ।







प्रतिक्रिया