अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नाटक अझै बाँकी छ : शंकर पोख्रेल

नाटक अझै बाँकी छ : शंकर पोख्रेल


काठमाडौं- नेकपा एमालेका स्थायी समिती सदस्य शंकर पोख्रेलले जनादेशबाट अस्विकृत भएको नेपाली काँग्रेसलाई परमादेशबाट सत्तारुढ बनाउने खेल रहस्यमय भएको उल्लेख गर्नुभएको छ ।
सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलीपल्ट पोख्रेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै यस्तो बताउनुभएको हो ।
पोख्रेलले परमादेशबाट प्रधानमन्त्री बनाउनुको रहष्य थप खुल्दै जाने स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार नाटक अझै बाँकी रहेकोले यस घटनाको थप पटाक्षेप हुँदै जानेछ ।
पोख्रेलले लेख्नुभएको छ ‘जनादेशबाट अस्विकृत नेकालाई परमादेशबाट सत्तारुढ बनाउने खेलको रहष्य क्रमश पटाक्षेप हुँदै जानेछ । किनकि नाटक अझै सकिएको छैन ।’