अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा आन्तरिक छलफल अझै बाँकी रहेकोले स्थायी कमिटी बैठक स्थगित

एमालेमा आन्तरिक छलफल अझै बाँकी रहेकोले स्थायी कमिटी बैठक स्थगित


काठमाडौं -नेकपा एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमाले केन्द्रीय कार्यलय सचिब शेरबहादुर तामाङका अनुुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आज २ बजे देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकोले बैठक स्थगित गर्नुपरेको हो ।
स्रोतका अनुसार माधव नेपालसँग अझै पनि पार्टीको आन्तरिक विवादका बिषयमा केही कुरामा छलफल बाँकी रहेकोले उच्च स्तरको समझदारी बनाएपछि मात्र बैठक आयोजना गर्न नेताहरुले आग्रह गरेका थिए । त्यसै अनुसार आजको बैठक स्थगित गरिएको एमाले स्रोतको भनाइ छ ।

बैठकभन्दा पहिला अध्यक्ष ओली र नेता माधव नेपाल बीच भेट गरेर मात्र बैठक बोलाउने तयारी छ  । बैठकभन्दा पहिला अध्यक्ष ओली र नेता माधव नेपाल बीच भेट गरेर मात्र बैठक बोलाउन नेताहरुले आग्रह गरेका छन् । त्यसै अनुसार आजको बैठक स्थगित गरिएको हो । केही दिनभित्रै पार्टीका सबै विवादमा एकमत बनाएर बैठक बोलाइने एक नेताले जानकारी दिनुभयो ।