काठमाडौं– कुनै साइत नहेराए पनि घर प्रवेशका लागि बुधबार उत्तम मानिन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भोलि बुधबार नै निजी निवास बालकोट फर्कने दिन छनोट गर्नुभएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयका अनुसार बुधबार बिहान ११ बजे प्रधानमन्त्री ओली बालकोट सर्नुहुनेछ ।
प्रधानमन्त्री ओलीलाई पहिलो कार्यकालजस्तै यसपटक पनि युवा विद्यार्थीले बालकोटमा स्वागत गर्ने भएका छन् ।
झण्डै साढे तीन वर्षे कार्यकाल पूरा गरेर प्रधानमन्त्री ओली सत्ताबाट बिदा हुनुभएको छ ।







प्रतिक्रिया