अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवासँग छलफल गरेपछिमात्रै माओवादीले मन्त्रीको नाम दिने

देउवासँग छलफल गरेपछिमात्रै माओवादीले मन्त्रीको नाम दिने


काठमाडौं– नेकप माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर मात्रै सरकारमा जाने मन्त्रीको नाम टुंगो लगाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बिहान बसेको स्थायी कमिटी बैठकले सत्ताको नेतृत्व गर्ने कांग्रेससँग छलफलपछि मात्रै नाम टुंगो लगाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

नामको बारेमा आज छलफल नै नभएको प्रवक्ता श्रेष्ठको दाबी छ ।