अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयो यूथ फोर्स ! अध्यक्षमा थेबे

आयो यूथ फोर्स ! अध्यक्षमा थेबे


काठमाडौं– नेकपा एमालेको भ्रातृ संगठन युवा संघले ‘युथ फोर्स’ व्यूँताएको छ ।

वाईसीएलको दादगिरीलाई प्रतिवाद गर्न भएपछि एमालेले २०६५ जेठमा महेश बस्नेतको नेतृत्वमा युथ फोर्स गठन भएको थियो । बस्नेतपछि युथ फोर्सको अध्यक्ष चन्द्र लामा हुनुहुन्थ्यो । अहिले किरण पौडेल अध्यक्ष रहेको संघले पुरानै शैलीमा काम गर्ने गरी युथ फोर्स व्यूँताएको घोषणा गर्नुभएको छ । पौडेलले क्षितिज थेवेको नेतृत्वमा युथ फोर्सको घोषणा गरिएको जानकारी दिनुभयो ।

युवा संघका इन्चार्ज महेश बस्नेतले युथफोर्सले प्रतिवाद गर्ने र स्वयंसेवकको रूपमा भूमिका निर्वाह गर्न निर्देशन दिनुभएको छ ।