काठमाडौं- नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ ६ बजे पद तथा गोपनियताको सपथ लिनुहुने भएको छ ।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार आज साँझ ६ बजे नवनियुक्त प्रधानमन्त्री देउवालाई सपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो ।
देउवालाई सोमबार सर्वोच्च अदालतले प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।







प्रतिक्रिया