अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कार्यदलले बुझायो नेता नेपाललाई १० बुँदे सहमति

एमाले कार्यदलले बुझायो नेता नेपाललाई १० बुँदे सहमति


काठमाडौं- नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्यले वरिष्ठ नेता माधवकुमार नेपाललाई १० बुँदे सहमति बुझाएको छ ।

कार्यदलका सदस्यहरू भीम रावल, सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेलले आज वरिष्ठ नेता नेपाललाई सहमतिपत्र बुझाउनुभएको हो ।

कार्यदलले आइतबार राति पार्टीभित्रको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको थियो । कार्यदलमा जुटेको सहमतिपत्र सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको थियो ।

सहमति पत्र बुझाउन सोमबार भीम रावल बालुवाटार पुग्नुभएको थियो ।