काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले देश र जनताका साथ सम्पूर्ण निष्ठा र इमान्दारिताका काम गरेको बताउनुभएको छ । आज देशबासीका नाम सम्बोधन गर्दै उहाँले आफूले जनतालाई सेवा सुविधा पुर्याउने उद्देश्यका साथ काम गरेको बताउनुएको हो ।
‘मेरो नेतृत्वमा देशले चौतर्फी ढंगले विकास, परिवर्तन र रूपान्तरणको अनुभूति गरेको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनताले राहत महसुस गरेका छन् । त्यसकारण म आफ्नो कामप्रति खुसी छु । म ढुक्क छु । र, मलाई यसमा चिन्ता गर्नुपर्ने कारण छैन ।’







प्रतिक्रिया