बागलुङ- बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
मंगलबार दिउँसो बागलुङ नगरपालिका-१ स्थित भुपिशेरचन राजमार्गमा मालढुङ्गातर्फ गइरहेको अटो रिक्सा पल्टिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
बागलुङ बजारबाट मालढुङ्गातर्फ जाँदै गएको ध १ ह २ नम्बरको अटोरिक्सा पल्टिन पुग्दा दुर्घटना भएको हो । दुर्घटनामा चालक बागलुङ नगरपालिका-३ गुठी बस्ने ५८ वर्षीय दल बहादुर रुचाल टाउकोमा चोट लागेको छ । उहाँको अवस्था मध्यम रहेको छ ।
घातेको धौलागिरि अस्पतालमा उपचार भइरहेको र उहाँहरूको सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया