काठमाडौं- गत २४ घण्टामा देशभर २ हजार ३९८ जनामा कोरोना पुष्टि भएको छ ।
११ हजार १२ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
जसमध्ये ७ हजार ५८ को पिसिआर परीक्षण गर्दा १ हजार ६३९ जनामा पोजिटिभ देखिएको हो भने ३ हजार ९५४ जनाको एन्टिजेन परीक्षणका क्रममा ७५९ जनामा पोजिटिभ देखिएको हो ।
संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसहित मृत्यु हुनेको संख्या ९ हजार ४१२ पुगेको छ।
गत २४ घण्टामा २ हजार ७८ जना कोरोनाबाट मुक्त भएका छन् ।







प्रतिक्रिया