काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भएको छ ।
राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख छ ।
‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वोच्च अदालतको संवैधानिक इजलासको असार २८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयले सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति :








प्रतिक्रिया