काठमाडौं- जापान सरकारले नेपाललाई १६ लाख डोज अस्ट्राजेने खोप दिने भएको छ । नेपालस्थित जापानी दूतावासद्वारा विज्ञप्तिमार्फत सो कुराको जानकारी गराइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारीबाट मुक्त हुनुअघि देशवासीका नाममा सम्बोधन गर्नुहुँदै जापानले उक्त खोप उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभएको छ ।
उपलब्ध गराइने खोप सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्डको पहिलो मात्र लगाएका नागरिकलाई लगाउन उपयुक्त हुनेछ । उक्त अस्ट्राजेनेका खोप प्राप्त भएसँगै दोस्रो डोजको पर्खाइमा रहेका १४ लाख ज्येष्ठ नागरिकले लगाउन पाउनेछन् ।







प्रतिक्रिया