अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव महसुस गरे : मन्त्री श्रेष्ठ

पाँच मन्त्रालय सम्हाल्दा नयाँ अनुभव महसुस गरे : मन्त्री श्रेष्ठ


काठमाडौं- मन्त्री कृष्णगोपाल श्रेष्ठले पाँच मन्त्रालयबाट बिदाइ हुनुभएको छ । मन्त्री श्रेष्ठले आज मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि, स्वाथ्य तथा जनसंख्या, वन तथा वातावरण, युवा तथा खेलकुद र श्रम तथा रोजगार मन्त्रालयमा बिदाइ हुनुभएको हो ।

पछिल्लो समय स्वाथ्य मन्त्रालयको जिम्मेवार पाएलगत्तै कोभिड विरुद्धको खोप अभियान चलाएर १९ दिनमै चर्चा कमाउनुभएका मन्त्री श्रेष्ठले १९ दिनमा शिक्षा, विज्ञान तथा प्रविधिबाहेक चार मन्त्रालयमा करिब एक दर्जन बढी महत्वपूर्ण काम गर्न सफल हुनुभएको छ ।

अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गत उपहार स्वरूप दिएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ल्याउन सफल मन्त्री श्रेष्ठले चीनबाट करिब ४० लाख खोप खरिद गर्न सम्झौता गर्नुभएको छ । स्वाथ्य मन्त्रालयको कार्यभार सम्हालेलगत्तै यो वर्षभित्र सबै नागरिकलाई खोप उपलब्ध गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यभार सम्हालेकै दिन चीनबाट खोप खरिद गर्ने सम्झौता गर्नुभएको थियो । सम्झौता गरेको एकसाता भित्र ८ लाख डोज खोप आइसकेको छ । स्वाथ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले मन्त्री श्रेष्ठको कार्यशैलीको कारण काम गर्न सहज भएको बताउनुभयो ।

त्यस्तै, तीन मुलुकबीचको फुटबल खेलमा पहिलो स्थान हासिल गर्ने फुटबल खेलाडीलाई लाई नगद पुरस्कार, वीर अस्पताल परिसरमा रहेको केन्द्रीय कोभिठ युनिफाइड अस्पताल सिलान्यास गर्न सफल हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालको शिलान्यास गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठकै कार्यकालमा युवा परिषदको बैठक सम्पन्न भएकोे छ । नाष्टले युवा वैज्ञानिकलाई पुरस्कार वितरण, वैदेशिक रोजगार बोर्डको बैठक सम्पन्न गर्नुभएको छ । सबै पुरस्कार प्रधानमन्त्री ओलीले प्रदान गर्नुभएको थियो ।

मन्त्री पदको कार्यभार सम्हालेलगत्तै सबै मन्त्रालयको जिम्मेवारी वाडफाड गर्नुभएको थियो । गत असोज २९ गतेबाट शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मन्त्री श्रेष्ठले २ महिना १४ दिन शहरी विकास मन्त्रालयमा रहदा महत्वपूर्ण काम गर्नुभएको थियो ।

पुस १२ गतेबाट शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुग्नुभएका मन्त्री श्रेष्ठले शिक्षा मन्त्रालयका अन्तर्गत राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको गतवर्ष स्थयिगत कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठको कार्यकालमा विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिसहितका पदाधिकारी नियुक्ति गर्नुभएको थियो । त्यस्तै, सिटिइभिटी र विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव, दिल्लीरमण पुस्तकालय प्रमुख लगायत एक दर्जन बढी निकायका रिक्त पदाधिकारी नियुक्ति गर्नुभएको थियो ।

करिब ९ महिना शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दा उहाँले शिक्षा क्षेत्रको विभिन्न महत्वपूर्ण काम गर्न सफल हुनुभएको थियो ।

आफूले गरेको कामको बारेमा जानकारी गराउँदै मन्त्री श्रेष्ठले जे जस्तो काम गरे सबै मन्त्रालयका सचिवलगायत कर्मचारीको सहयोगले सम्भाव भएको बताउनुभयो ।

‘सबै क्षेत्रमा आमुल परिवर्तन गर्ने सोच थियो, तर कम समय भएकोले सम्भव भएन, जति सम्पन्न गरे त्यसमा अति खुसी लागेको छ,’ उहाँले भन्नुभयो ।

पाँच मन्त्रालयबाट एकै दिन बिदा हुँदा उहाँले सबै कर्मचारीलाई धन्यवाद दिनुभएको थियो । ‘सबै मन्त्रालयको बारेमा सिक्ने मौका पाए, एक पटक पाच मन्त्रालयको जिम्मा पाएर इतिहास कायम गर्न सफल भएको महसुस गरेको छु,’ मन्त्री श्रेष्ठले भन्नुभयो ।