अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कमल थापाको नजरमा यी हुन् प्रम ओलीको पालामा हासिल भएका महत्वपूर्ण उपलब्धि

कमल थापाको नजरमा यी हुन् प्रम ओलीको पालामा हासिल भएका महत्वपूर्ण उपलब्धि


काठमाडौं- राप्रपाका अध्यक्ष कमल थापाले निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी यात्राको शुभकामना दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत् निर्वतमान प्रम ओलीलाई शुभकामना दिनुभएको हो ।

अध्यक्ष थापाले प्रधानमन्त्रीको ओलीको कार्यकालमा हासिल भएका तीन महत्वपूर्ण उपलब्धिको पनि चर्चा गर्नुभएको छ ।

उहाँले निर्वमान प्रम ओलीको अविश्मरणीय योगदानमा लिम्पियाधुरासहितको भू-भाग माथिको सशक्त दावी कायम गर्दै नेपालको ‘चुच्चे’नक्सा निर्माण, पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेशलाई समावेश गर्नुभएको छ ।

‘निवर्तमान प्रम केपी शर्मा ओलीको अविस्मरणीय योगदान : -लिम्पियाधुरा सहितको भूभाग माथिको सशक्त दावी कायम गर्दै नेपालको ‘चुच्चे’नक्सा निर्माण । -पृथकतावादी सिके राउत र विप्लव माओवादीको राष्ट्रिय मूलधारमा प्रवेश,’ थापाले लेख्नुभएको छ, ‘जनादेशबाट विजयी तर परमादेशबाट पराजित केपी ओलीलाई नयाँ यात्राको शुभकामना ।’