काठमाडौं– उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दुरगामी काम गर्न सकेको बताउनुभएको छ ।
आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ ।

अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टा-छुट्टै बिदाई कार्यक्रममा उहाँले कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो ।
पौडेलले आफूलाई जस्तै नयाँ आउने मन्त्रीहरूलाई पनि साथ र सहयोग गर्न कर्मचारीहरूलाई अनुरोध गर्नुभयो ।









प्रतिक्रिया