काठमाडौं- जनता समाजवादी पार्टी नेपाल महन्त ठाकुर पक्ष कांग्रेस नेतृत्वका सरकारमा तत्काल सहभागी नहुने भएको छ । पार्टी कार्यालय बालकुमारीमा आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।
कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले जसपा तत्काल सरकारमा नजाने बताउनुभयो ।
‘कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारले कस्तो कार्यक्रमहरू तय गर्छ, त्यसलाई पनि जसपाले हेर्छ । आफूहरूका मुद्दालाई सरकारले कसरी सम्बोधन गर्ने लगायतका विषयमा छलफल गरेर मात्र सरकारमा जाने निर्णय हुनेछ,’ उहाँले भन्नुभयो ।







प्रतिक्रिया