काठमाडौं– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सफल भएको भन्दै माधव नेपाललाई बधाई दिनुभएको छ ।
उहाँले आज सामाजिक सञ्जालमार्फत् व्यंग्य गर्दै माधव नेपाललाई बधाई दिनुभएको हो ।
बास्कोटाले माधव नेपालले संविधान सशोधन गर्न लगाएर निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधानमन्त्री देउवालाई बनाइछाड्ने सफलता प्राप्त गरेको उल्लेख गर्नुभएको छ । उहाँले ‘परमादेश धाराअनुसार’ प्रधानमन्त्री बन्न सफल भएको भन्दै देउवालाई पनि बधाई दिनुभएको छ ।
‘संविधान शंसोधन गर्न लगाएरै भए पनि निर्दलीय लोकतान्त्रिक व्यवस्थाको पहिलो प्रधान्मन्त्री देउवालाई बनाइ छाड्ने सफलता दिलाईदिनु भएकोमा माधव नेपाललाई र परमाधेश धाराअनुसार प्रम बन्न सफल हनु भएकोमा शेरबहादुर देउवालाई सफलताको शुभकामना तथा हार्दिक बधाई,’ नेता बास्कोटाले लेख्नुभएको छ ।







प्रतिक्रिया