काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्नु भएको छ । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले आफ्नो दल नेपाली कांग्रेससँगै माओवादी केन्द्रबाट दुई/दुई जना मन्त्री नियुक्त गर्नुभएको हो ।
कांग्रेसबाट बालकृष्ण खाँण गृहमन्त्री नियुक्त हुनु भएको छ । त्यस्तै, कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री हुनु भएको छ । त्यस्तै, माओवादी केन्द्रबाट जनादर्न शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीमा नियुक्त हुनु भएको छ ।







प्रतिक्रिया