काठमाडौं -प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले अघिल्लो सरकारले भन्दा चार महिना ढिलो मात्र कोरोना विरुद्धको खोप लगाइसक्ने भएको छ । । केपी शर्मा ओली सरकारले नीति कार्यक्रममा नै सन् २०२१ भित्र सबै नागरिकलाई खोप उपलब्ध गराउने उल्लेख गरेको थियो । सोही योजना मुताविक धमाधम खोप नेपाल भित्रिरहेको छ ।
तर शेरबहादुर देउवाले प्रधानमन्त्री नियुक्त हुनासाथ अघिल्लो सरकारले लक्ष्य गरेको भन्दा चार महिना पछि अर्थात चैतमा मात्र सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय गरेको छ । करिब चार महिना अघि देखि नै नेपालमा कोरोनाको खोप लगाउने क्रम जारी छ । यस बीचमा भारत,चीन,अमेरिकाबाट ठूलो मात्रामा खोप आइसकेको छ भने जापानले दुई दिन अघि मात्र खोप उपलब्ध गराउने घोषणा गरेको छ । यस्तो अवस्थामा फेरी खोप कै निर्णय गर्नु सान्दर्भिक नभएको सरकारका सचिबहरु बताउछन् ।
‘करिब ४० लाख जनताले खोप लगाइसकेका छन् । अझ पनि खोप आउने क्रम जारी छ ’ एक सचिबको प्रतिक्रिया छ ‘यो कुनै नयाँ कार्यक्रम होइन । यो त शिलान्यास भएर निर्माण भइरहेको सडक मेरो पालामा निर्माण कार्य सक्छु भने जस्तै हो ।’
सरकारले पोष्ट कोभिड सम्बन्धी कुनै नयाँ कार्यक्रम घोषणा गरेको भए सान्दर्भिक हुने ति सचिबको भनाइ छ ।







प्रतिक्रिया