अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीमा देउवाको नियुक्ती हलो ताछी मुंग्रो : थापा

प्रधानमन्त्रीमा देउवाको नियुक्ती हलो ताछी मुंग्रो : थापा


काठमाडौं -नेकपा एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले जनादेश विपरित परमादेशबाट शेरबहादुर देउवाको प्रधानमन्त्रीमा नियुक्ती हलो ताछी मुंग्रो सरह भएको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै थापाले माधव कुमार नेपालले हिजो शितल निवासमा देउवालाई बधाइ दिन देखाएको उत्साहप्रति पनि कटाक्ष गर्नुभएको छ । ‘नेकपा एमालेका अध्यक्षको नेतृत्वको सरकार ढालेर देउवाको बैशाखी बन्ने र पहिलो बधाइ दिन आतुर माधव नेपालको निम्ती हर्ष विभोरको क्षण होला ’ थापाले लेख्नुभएको छ ‘जनादेश विपरित परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ती हलो ताछी मुंग्रो बनाए जस्तै हो ।’
देउवको पक्षमा हस्ताक्षर गर्ने एमालेका २३ जना साँसदको नाम शेयर गर्दै थापाले लेख्नुभएको छ ‘यिनै २३को गद्यारीको परिणाम हो ।’