अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीम रावलको अनुभवः पार्टी एकता नगर्न अन्य दलका नेताबाट धम्की आयो

भीम रावलको अनुभवः पार्टी एकता नगर्न अन्य दलका नेताबाट धम्की आयो


काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टी एकता नगर्न अन्य दलका नेताहरुबाट धम्की आएको बताउनुभएको छ ।

बुधबार प्रेस विज्ञप्ती जारी गर्दै उपाध्यक्ष रावलले आफूलाई एमाले विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गर्नुभएको हो । ‘मेरोविरुद्ध कुप्रचार असार २७ गते नै किन गरियो भन्नेतर्फ विश्लेषण गर्दा कार्यदलमा नेकपा एमालेलाई विभाजनबाट रोक्नका लागि प्रयास नगर्न केही राजनीतिक दलका नेताहरुबाट मलाई आएका दबाब र धम्कीयुक्त फोनको स्मरण हुन्छ,’ उहाँको भनाइ छ ।

रावलले एमाले विभाजन रोकिने पो हो कि भनी कतिपयलाई देखिने र बुझिने गरी लागिरहेको रिंगटाको पर्दा उघारी दिनुपर्छ कि जस्तो लागेको भन्दै चेतावनीसमेत दिनुभएको छ ।