काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाड्नुभएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँको बिदाइमा पूर्वमन्त्रीहरु, सांसद, प्रदेश मन्त्रीलगायत ठूलो संख्यामा उपस्थिति थियो ।
ओलीको गृहनिवास फिर्ताका लागि युवा संघले स्कटिङ गरेको छ । युवा संघका अध्यक्ष किरण पौडेलले निवर्तमान प्रधानमन्त्री ओलीको बालुवाटारबाट बालकोटसम्मका लागि रुट निर्धारण भएको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया