अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निवर्तमान प्रधानमन्त्री बिदाइको नारा- ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं’

निवर्तमान प्रधानमन्त्री बिदाइको नारा- ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं’


काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारबाट बुधबार बाहिरिनुभयो ।

सर्वोच्च अदालतको परामदेशले कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै ओलीले सरकारी निवास छाड्नुभएको हो । उहाँको बिदाइमा पूर्वमन्त्रीहरु, सांसद, प्रदेश मन्त्रीलगायत ठूलो संख्यामा उपस्थिति थियो ।

ओलीको गृहनिवास फिर्ताका लागि युवा संघ, खेलकुद महासंघलगायतले स्कटिङ गरेको छ । सडकमा ठूलो संख्यामा उपस्थित कार्यकर्ता र शुभेच्छुकले नाराबाजी गरेका छन् । उनीहरुले ‘अघि बढ ओली बा, प्राण दिन तयार छौं’ लगायतका नारा लगाएका छन् ।

एमाले अध्यक्षसमेत रहनुभएका ओलीको स्वागतका लागि बालुवाटारदेखि बालकोटसम्म ठूलो संख्यामा कार्यकर्ता उभिएर बिदाइ गरेका छन् ।