काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले)का नेता शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावलाई प्राथमिकतामा राखेको दाबी गर्नुभएको छ । अर्थ मन्त्रालयको सट्टा गृह रोज्नु चुनावलक्षिण रणनीतिको संकेत भएको उहाँको भनाइ छ ।
पोखरेलले फेसबुकमा बुधबार बिहान लेख्नुभएको छ, ‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो ।’
कांग्रेस नेता बालकृष्ण खाँड गृहमन्त्री हुनुभएको छ । अर्थमन्त्री माओवादी केन्द्रका नेता जनार्दन शर्मा बन्नुभएको छ ।







प्रतिक्रिया