अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा प्रधानमन्त्री भएलगत्तै विशेष अदालतमा गच्छदारको आत्मसमर्पण

देउवा प्रधानमन्त्री भएलगत्तै विशेष अदालतमा गच्छदारको आत्मसमर्पण


काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा सपथग्रहण गरेलगत्तै पार्टीका उपसभापति विजयकुमार गच्छदारले आत्मसमर्पण गर्नुभएको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लगेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएपछि म्याद नबुझी फरार गच्छदारले बुधबार विशेष अदालतमा आत्मसमर्पण गर्नुभएको हो ।

अदालतले सार्वजनिक सूचना जारी गर्दा समेत नजानुभएका गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्टै बुधबार बिहान विशेष अदालतमा हाजिर हुनुभएको हो ।