अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाललाई कुनै हालतमा स्वीकार गर्न सकिन्न : अध्यक्ष ओली

माधव नेपाललाई कुनै हालतमा स्वीकार गर्न सकिन्न : अध्यक्ष ओली


काठमाडौं– निर्वतमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार छाडेर निजी निवास बालकोट पुग्नुभएका उहाँले कार्यकर्तालाई सम्बोधन गर्दै नेपाललाई कुनै हालतमा स्वीकार गर्न नसकिने बताउनुभएको हो ।

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई पार्टीमा कुनै ठाउँ नरहेको पनि बताउनुभयो । ‘यो परिस्थितिको निर्माण माधव नेपालले गरेका हुन् । हिजो पनि शेरबहादुर देउवा प्रधानमन्त्रीको शपथ लिन शीलतनिवास पुग्नुअघि उनी नै पुगे,’ अध्यक्ष ओलीले भन्नुभयो

नेपालका पछाडि लाग्ने कुनै व्यक्तिहरूले कमीकमीजोरी महसुस गरेर काम गर्न चाहेमा मात्रै पार्टीमा ठाउँ दिने पनि उहाँले घोषणा गर्नुभयो ।

‘कमीकमजोरी महसुस गरेर आउने साथीहरूलाई एमालेमा उचित स्थान र जिम्मेवारी दिइन्छ,’ उहाँले भन्नुभयो, ‘माधव नेपालको हकमा आत्मालोचना, गल्ती र कमीकमजोरी स्वीकार्ने कुनै ठाउँ छैन ।’